प्रतिगामीविरुद्ध सबै लोकतन्त्रवादी एक हौं : प्रचण्ड
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगामी तत्वविरोधी सम्पूर्ण लोकतन्त्रवादीहरु एक हुन आवश्यक रहेको बताएका छन् । १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुवीच सुदृढ राष्ट्रिय एकता आवश्यक भएको बताएका हुन् । उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतान्त्रिक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्वविरुद्धको एकतामा जोड दिएका हुन् । उनले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको समेत उल्लेख गरेका छन् । त्यस्ता तत्वहरुविरुद्ध सबै लोकतन्त्रवादीहरु एक भएर लड्नुपर्ने बताएका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया