NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

विवेकशिल नेपालीका संस्थापक थापाको उपचार खर्च बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईंले व्यहोर्ने

काठमाडौं । विवेकशिल नेपालीका संस्थापक अध्यक्ष उज्जवल थापाको स्वास्थ्य अवस्था दैनिक गम्भीर बन्दै गएको छ । उनको सम्पूर्ण उपचार खर्च बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले व्यहोर्ने घोषणा गरेका छन् । हाल थापाकाे उपचार मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेकाे छ । गणतन्त्र स्थापनाको अवसरमा शुभकामना दिँदै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले गणतन्त्र स्थापनाका लागि अमूल्य योगदान दिएको भन्दै उज्जवल थापाको सम्पूर्ण उपचार खर्च आफ्नो अस्पतालले व्यहोर्ने घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा गणतन्त्र स्थापनाका लागि लाग्नुभएका एक असल अभियान्ता तथा साझा विवेकशिल पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको र उपचारका लागि आर्थिक सहयोगका लागि आह्वान भएकाले उहाँको सम्पूर्ण उपचार हामीले व्यहोर्ने छौं ।’ बी एण्ड सीले सामाजिक उत्तरदायित्व र स्वास्थ्य उपचार अभावले कुनै नागरिकको अकालमा ज्यान नजाओस् भन्ने मूल मान्यताका आधारमा थापाको उपचार खर्च बि एण्ड सी अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले व्यहोर्ने घोषणा गरेको विज्ञप्तिमा बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष