NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सिंहदबारबाट आगामी आर्थिक वर्षकाे बजेट सार्वजनिक गरिँदै, कस्तो आउला बजेट ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट घोषणा गर्दैछ । अर्थमन्त्री विष्णु पौडेलले आजै बजेट सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज बेलुका चार बजे सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गर्ने भएका हुन् । बजेटका विषयमा यसअघि नै जानकारहरुले सुझाव दिइसकेकाा छन् । यस्तै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनका क्रममा करिब करिब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अनौपचारिक रुपमा सार्वजनिक गरिसकेका छन् । कोरोनाको पहिलो लहरमै अस्तव्यस्त बनेको अर्थतन्त्र दोस्रो लहरले झन् ध्वस्त बनाएको भन्दै आगामी बजेटमा उद्योगी व्यवसायीमा माग सम्बोधन गर्न माग गरिएको छ । व्यवसायीहरुले अर्थतन्त्र चलायमान हुने गरी बजेट ल्याउन आग्रह गरेका छन् । यस्तै, सरकारले कोरोनाबाट प्रताडित जनताको जीवनलाई सहज बनाउने गरी बजेट ल्याउन विज्ञहरुले सुझाव दिएका छन् । यसअघि हिजो अर्थमन्त्री पौडेलले शुक्रबार गत फागुनसम्मको आर्थिक समीक्षा सार्वजनिक गरेका थिए । जसमा विदेशी ऋण बढेर गएको देखिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष