NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दुई दशकपछि नेपाल–इराक भिड्दै

काठमाडौं । दुई दशकपछि नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन थालेको छ । इराक फिफा वरीयतामा ६८ औं स्थानमा रहेको छ भने नेपाल १ सय ७१ औं स्थानमा छ । फिफाको वरीयता हेर्दा नेपाल भन्दा इराक १०३ औं स्थान माथि छ । तीनै उच्च वरीयता प्राप्त अरेबियन मुलुकविरुद्ध नेपालले आज (शनिबार) उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । इराक र नेपाल करिब २० वर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन् । इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजे सुरु हुनेछ । नेपाल र इराक सन् २०२२ को कतार विश्वकपको दोस्रो चरण र २०२३ को एसिया कपको छनोट खेलिरहेको टिम हो । त्यसैको तयारी स्वरूप नेपाल र इराकले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । छनोटमा नेपाल समूह ‘बी’ र इराक समूह ‘सी’ रहेका छन् । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी युवा खेलाडी बोकेर मैत्रीपूर्ण र विश्वकप छनोटका लागि निस्किएका छन् । इराकविरुद्धको खेल प्रशिक्षक अलमुताईरीको पहिलो खेल हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष