मानिसको अधिकतम आयू १५० वर्ष, यसरी पत्ता लाग्यो उमेर बढाउने उपाय
काठमाडौं । के तपाईंलाई थाहा छ, मानिस कति वर्षसम्म बाँच्न सक्छ ? हामीले ११४ या ११६ वर्षसम्म बाँचेका मानिसहरुको कहानी त देखेसुनेकै छौं । वैज्ञानिकले मानिसको उमेर बढाउने एक नयाँ तरिका खोजेको बताएका छन् । नेचर कम्युनिकेशनमा प्रकाशित एक रिपोर्टअनुसार मानिसको अधिकतम आयू १५० वर्ष हो । सिंगापुरका वैज्ञानिकले मानिसको अधिकतम आयू जान्नका लागि स्पेशल इन्डिकेटर्स बनाएका छन् । यस इन्डिकेटर्सलाई डायनामिक अर्गानिजम स्टेट इन्डिकेयर भनिन्छ । उक्त इन्डिकेटरमार्फत मानिसको अधिकतम आयू पत्ता लगाइन्छ । अधिकतम आयू पत्ता लगाउनका लागि वैज्ञानिकले विशेष तरिकाले मानिसको रगत जाँच गरेका छन् । वैज्ञानिकले रगतको जाँचपछि इन्डिकेटर्सको साथमा उक्त जाँचलाई तुलना गरेका छन् । यस सोधमा यदि मानिसको शरीर स्वस्थ र परिस्थिति ठिक रहेको अवस्थामा अधिकतम आयू १५० वर्षसम्म हुनसक्छ । अध्ययनमा उमेर सम्बन्धी भेरिएबल्स र उमेर घट्ने ट्रयाजेक्टरीलाई सिंगल म्याट्रिकमा राखेर हेरिएको थियो । यसमा सम्भावित अधिकतम उमेरको पत्ता लगाइएको थियो । वैज्ञानिकले आयू बढाउनका लागि मानिसको शरीर स्वस्थ्य र तनावमुक्त हुनु अत्यावश्यक भएको बताएका छन् । यदि शरीर स्वस्थ र त्यस अवस्थामा बनाइराख्न अनुकूलन भएको अवस्थामा मानिसको आयू अधिकतम १५० वर्षसम्म हुने दावी गरेका छन् । एजेन्सी
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया