NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मन्त्रिपरिषदद्वारा बजेट स्वीकृत : प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष सिफारिस, आजै सार्वजनिक गरिने

काठमाडौं । अध्यादेशमार्फत आज घोषणा हुन लागेको आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषदले स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको बजेट प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमझ पठाइएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सबैको आलोचनाका बावजुद पनि अध्यादेशमार्फत सरकारले बजेट ल्याउन लागेको हो । संवैधानिक आयोगका पूर्व पदाधिकारीहरुले सामूहिक रुपमा विज्ञप्ति नै निकालेर अध्यादेशमार्फत बजेट नल्याउन अनुरोध गरेका थिए । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट पेश गर्नु अनिवार्य हो । सोही व्यवस्था अनुसार अध्यादेशमार्फत भए पनि बजेट घोषणा गर्न लागेको सरकारले दावी गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष