उपेन्द्र–बाबुराम पक्षद्वारा महन्थ–राजेन्द्रलाई दोस्रो स्पष्टीकरण, जवाफ नदिए निष्काशन गर्ने चेतावनी
काठमाडौं । जनता समाजवादी पार्टीको बाबुराम–उपेन्द्र पक्षले पहिलो स्पष्टीकरणको जवाफ नदिएको भन्दै महन्थ–राजेन्द्र पक्षलाई पुन स्पष्टीकरण सोधेको छ । जेठ ११ गते पहिलो स्पष्टीकरण सोधिएको र तोकिएको तीन दिनको समयसीमाभित्र जवाफ नआएको भन्दै पुनः स्पष्टीकरण सोधिएको हो ।दोस्रो स्पष्टीकरणको जवाफ नआएमा कडा कारबाही गर्ने बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले सोधिएको स्पष्टीकरणमा चेतावनी दिइएको छ । उक्त पक्षले जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पुनः २४ घण्टे स्पष्टीकरण सोधिएको हो । दोस्रोपटक पठाइएको स्पष्टीकरण पत्रमा ‘तपाईंसँग स्पष्टीकरण लिइ सफाइको मौका दिन केन्द्रीय कार्यकारिणी समितिको जेठ ८ मा भएको निर्णयअनुसार तपाईंलाई कारबाही किन नगर्ने भनि स्पष्टीकरणको जवाफ प्राप्त हुन नआएकोले दोस्रोपटक पुनः यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण लिइ आउन हुन अनुरोध छ’ भनिएको छ । पत्र प्राप्त भएको म्यादभित्र चित्तबुझ्दो जवाफ प्राप्त नभए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जसपाको अन्तरिम विधानका साथै जेठ ८ मा भएको निर्णयअनुसार निष्काशनसमेतको कारबाही हुने चेतावनी बाबुराम–उपेन्द्र पक्षले दिएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया