NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भोकको समस्या टार्न ‘फुड बैङ्क’

धनगढी । कोरोना कहरका कारण रोगसँगसँगै भोकले कसैले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापुरका युवाले ‘फुड बैङ्क’ स्थापना गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि जारी निषेधाज्ञा पनि बढ्दै गएका कारण केही नहुनेलाई परेको समस्या समाधानका लागि युवाको पहलमा ‘फुड बैङ्क’ स्थापना गरिएको हो । महामारीको समयमा मानिसलाई खानैका लागि समस्या नहोस् भनेर स्थानीयस्तरमा समस्यामा रहेका विपन्न परिवारलाई सहयोग पुग्ने उद्देश्यले ‘फुड बैङ्क’ स्थापना गरिएको युवा धनश्याम बमले जानकारी दिए । अहिले ‘फुड बैङ्क’मा चामल, दाल, गेडागुडी, नुन, तेल, बेसारलगायत खाद्य सामग्री राखिएको उनले बताए । दैनिक उपभोग्य सामग्रीको तालिका बनाएर ‘फुड बैङ्क’मार्फत विपन्न परिवारलाई वितरण गर्ने बताइएको छ । फुड बैङ्कमा सहयोग उपलब्ध हुने क्रम जारी रहेको बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष