राष्ट्रपतिले जारी गरिन् तीन अध्यादेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश जारी गरेकी छिन् । नियमित संसद नहुँदा अध्यादेशबाट बजेट ल्याउने तयारी भइरहेका बेला भण्डारीले बजेट सम्बन्धी तीनवटा अध्यादेश जारी गरेकी हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ भण्डारीले जारी गरेकी छिन् । तीनवटा अध्यादेशपछि सरकारका अर्थमन्त्री विष्णु पौडेलले २०७८ २०७९ को बजेट सार्वजनिक गर्दैछन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया