NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

राष्ट्रपतिले जारी गरिन् तीन अध्यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश जारी गरेकी छिन् । नियमित संसद नहुँदा अध्यादेशबाट बजेट ल्याउने तयारी भइरहेका बेला भण्डारीले बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकी हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ भण्डारीले जारी गरेकी छिन् । तीनवटा अध्यादेशपछि सरकारका अर्थमन्त्री विष्णु पौडेलले २०७८ २०७९ को बजेट सार्वजनिक गर्दैछन् ।

ताजा अपडेट

नेपालवाच विशेष