NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

खोप खरिदका लागि पौने २७ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले कोरोना भाइरविरुद्धको खोप खरिद र व्यवस्थापनका लागि पौने २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खोप खरिद र व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए । सबै नागरिकलाई निशुल्क रुपमा खोप उपलब्ध गराइने मन्त्री पौडेलले बताए । खोप लगाउन बाँकी रहेकालाई छिट्टै खोप लगाउने गरी सरकारले प्रयास थालेको उनको भनाइ छ । यस्तै, अगामी आर्थिक वर्षको बजेटमा कोभिडका विरामीको उपचार तथा व्यवस्थापनका लागि २६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै हालसम्म सरकारबाट उपलब्ध हुँदै आएको ७० प्रकारका निःशुल्क औषधिको कार्यक्रमलाई पनि यस वर्ष निरन्तरता दिइएको छ । त्यसका लागि आगामी आवको बजेटमा ५ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष