NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बृद्धभत्ता चार हजार पुग्यो

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि गरिएको जानकारी दिएका छन् । जस अनुसार अब बृद्धभत्ता साउनदेखि मासिक चार हजार पुगेको छ । जसका लागि कूल एक अर्ब बजेट छुट्याइएको अर्थमन्त्री पौडेलले जानकारी दिए । बालबालिकाको भत्ता, एकल महिलाको भत्तामा पनि बृद्धि भएको छ । यस वर्षको बजेटमा पनि १४ वर्षमुनिका बालबालिकालाई मुटुको शल्यक्रियामा निःशुल्क गरिएको छ । साथै ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई पनि सबै उपचार खर्च निःशुल्क गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष