NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सबै प्रदेशमा भू बैंक स्थापना, खाली जग्गा व्यवसायिक खेतीमा लगाइने

काठमाडौं । सरकारले सार्वजनिक, सरकारी तथा खोला छेउका प्रयोगमा नआएका जमिन प्रयोगका लागि भू बैंक स्थापना गर्ने भएको हो । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबै प्रदेशमा स्थानीय तहसँगको समन्वयमा कमितमा ५० वटा भू बैंक स्थापना गरिने जानकारी दिए । भू बैंक मार्फत खाली रहेका सार्वजनिक जग्गालाई व्यवसायिक उत्पादनका लागि लिजमा दिइने जानकारी दिए । यस्तै, भूमि सम्बन्धी समस्या समाधानका लागि भूमि आयोगमार्फत लगत संकलन गरिनेछ । जसमा ६८ करोड रुपैयाँ विनियोजन गरिएको छ । भूमि आयोगले भूमिहीनहरुको लगत संकलन गरी आगामी वर्षभित्र लालपुर्जा वितरण गरिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष