NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

२४ घण्टामा ६ हजारले जिते कोरोना, ११६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दो छ । संक्रमित हुनेको संख्याभन्दा निको हुनेको संख्यामा बृद्धि भए पनि मृत्युदर भने उस्तै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ६ हजार ८० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना जित्नेको संख्या चार लाख ३४ हजार ७५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टाकै अवधिमा नेपालमा चार हजार चारसय ८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पाँच लाख ५४ हजार ४२२ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या बढे पनि मृत्युदरमा भने खासै सुधार आएको छैन । शुक्रबार एकसय भन्दा तल घटेको मृत्युको संख्या शनिबार पुनः बढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार १६३ पुगेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष