NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

माैसममा क्रमश: सुधार, हल्कादेखि मध्यम वर्षा कायमै

नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पु-याएको भए पनि त्यो क्रम भने घट्दो रहेको छ । यद्यपि हल्कादेखि मध्यम वर्षा भने कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। साेमबार बिहान प्रदेश १, २ र बाग्मति प्रदेशका एक-दुइ स्थानमा पानी परेकाे छ। आगामी तीन दिन मौसममा बदली भने कायम रहेको अर्यालले जानकारी दिए। सोमबार दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मध्यमसम्म पानी पर्ने जनाइएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मतीका थोरै स्थानमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । मङ्गलबार भने देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष