NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

आज लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन, विपक्षी गठबन्धनले दियाे यस्ताे चेतावनी

राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि सोमबार लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदैछ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदान समय तोकिएको हाे। उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट दृगनारायण पाण्डे र एमालेबाट चन्द्रबहादुर खड्का चुनावी प्रतिस्पर्धामा छन्। एमाले उम्मेदवारलाई जसपा महन्थ ठाकुर पक्षकाे साथ छ। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य रहेका अर्घाखाँचीका खड्का एमाले प्रवेश गरेपछि उनी कारबाहीमा परेका थिए। एमालेले उनैलाई टिकट दिएकाे छ। निर्वाचन आयोगले चुनावको अघिल्लो दिन मात्रै सत्ता पक्षलाई मतदान गर्ने चारजनालाई पूरक मतदाताका रूपमा मतदान गर्न पाउने व्यवस्था गरेको थियाे। विपक्षी गठबन्धनबाट ६ वैशाखमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चारजना सांसद सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डे त्यसको केहीबेरमा पोखरेलकै मन्त्रिमण्डलमा सहभागी भएर शपथ लिएका थिए । जसपा उपेन्द्र यादव पक्षले उनीहरुलाई कारबाही गरे पनि सर्वोच्च अदालतले कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेपछि आयोगले अन्तिम मतदाता नामावलीमा समावेश गरेकाे हाे। तर प्रदेश अन्तर्गत नेपाली काँग्रेसका संसदीय दलका नेता बिरेन्द्र कनौडिया, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टीका प्रमुख सचेतक पूर्मती ढेंगा मगार र राष्ट्रिय जनमोर्चाकी तारा जिसीले संयुक्त बिज्ञप्ति मार्फत निर्वाचन आयोगको यस कार्यप्रति आपत्ति जनाएका छन्। लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी मतदाताको कुल संख्या तीन सय पुगेको छ । जसमध्ये ८३ जना प्रदेश सभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख–उपप्रमुख हुन् । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ हुन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष