८ लाख डोज खोप ल्याउन नेपाल एयरलाइन्सको विमान चीन जाँदै
काठमाडाैं । ८ लाख डोज खोप लिनको लागि नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे चीनकाे बेइजिङ जाने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहपछि चिनियाँ राष्ट्रपतिले सिचिफि ले १० लाख डोज खोप दिने बताएका थिए । यसमध्येको ८ लाख डोज खोप ल्याउने गरी नेपाल एयरलाइन्सको एयरबस ए ३३० जहाज चीन लागेको हो । खोप लिएर मंगलबार दिउसोसम्मका नेपाल फर्किनेछ । १० लाख डोज खोप चीनले नेपाललाई अनुदानमा दिन लागेको हो । १० लाख मध्ये २ लाख डोज पनि चीनले नै नेपालसम्म ल्याइदिने तयारी गरेको छ । यस अघि भारतले पनि १० लाख डाेज खाेप अनुदानमा दिएकाे थियाे ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया