ओलीले किन सारे पटकपटक स्थायी कमिटीको बैठक ?
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले स्थायी कमिटीको बैठक सारेका छन् । आइतबार साँझ ५ बजेलाई बोलाइएको बैठक सोमबार बिहान १० बस्नेगरी सारियो । तर, सोमबारको सट्टामा फेरि मंगलबार बिहान ११ बस्नेगरी बैठक सारिएको छ । बैठक पटकपटक सार्नुलाई प्रधानमन्त्रीको व्यस्तता भनिएको छ । एमालेमा बढेको विवादपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदलाई कारवाही गर्ने तयारी ओलीले गरेका छन् । देउवाका पक्षमा हस्ताक्षर गर्ने थप १२ जना सांसदलाई स्पष्टीकरण सोधे पनि उनीहरुले अहिलेसम्म जवाफ दिएका छैनन् । पछिल्लोपटक स्पष्टीकरण सोधिएका नेतामा घनश्याम भुसाल, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, विरोध खतिवडा सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन छन् । त्यस्तै, भवानीप्रसाद खापुङ, झपट रावल र नारायण खतिवडालाई पनि स्पष्टीकरण सोधिएको छ । यस अघि अध्यक्ष ओलीले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहितका नेतालाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका थिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया