NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

महन्थ ठाकुर र राजेन्द्र महतो किन पुगे बालुवाटारमा ?

काठमाडौं । जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने चर्चा भइरहेका बेला प्रधानमन्त्रीसँग वार्ता गर्न महन्थ ठाकुर नेता राजेन्द्र महतो बालुवाटार गएका छन् । एक हप्ता अघि देखि नै सरकारमा जानेबारे छलफलमा रहेको ठाकुर पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीस्वरुप बालुवाटार पुगेको बताइएको छ । यस अघि सांसद नभएका पूर्व माओवादीका नेताहरु मन्त्रीबाट हटेसँगै सात मन्त्रालय खाली छन् । जसमा ठाकुर पक्षका सांसदहरु सरकारमा सहभागी हुने तयारीमा छन् । बालुवाटारमा भएको छलफल सरकामा सहभागी हुने विषयमा नै केन्द्रित भएको बुझिएको छ । फुटतर्फ अघि बढेको ठाकुर पक्षले ८ मन्त्री र दुई राज्यमन्त्री मागेको छ । ठाकुर पक्षबाट नेता महताले गृहसहित सरकारमा जाने तयारी गरेका छन् । उपेन्द्र यादव पक्षका सांसदलाई आफूतिर राखिराख्न पनि ८ मन्त्री र दुई राज्यमन्त्री पाउनुपर्ने माग उनीहरुको छ । यसमा प्रधानमन्त्री केपी अ‍ोली पनि सकारात्मक रहेको बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष