महन्थ ठाकुर र राजेन्द्र महतो किन पुगे बालुवाटारमा ?
काठमाडौं । जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने चर्चा भइरहेका बेला प्रधानमन्त्रीसँग वार्ता गर्न महन्थ ठाकुर नेता राजेन्द्र महतो बालुवाटार गएका छन् । एक हप्ता अघि देखि नै सरकारमा जानेबारे छलफलमा रहेको ठाकुर पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीस्वरुप बालुवाटार पुगेको बताइएको छ । यस अघि सांसद नभएका पूर्व माओवादीका नेताहरु मन्त्रीबाट हटेसँगै सात मन्त्रालय खाली छन् । जसमा ठाकुर पक्षका सांसदहरु सरकारमा सहभागी हुने तयारीमा छन् । बालुवाटारमा भएको छलफल सरकामा सहभागी हुने विषयमा नै केन्द्रित भएको बुझिएको छ । फुटतर्फ अघि बढेको ठाकुर पक्षले ८ मन्त्री र दुई राज्यमन्त्री मागेको छ । ठाकुर पक्षबाट नेता महताले गृहसहित सरकारमा जाने तयारी गरेका छन् । उपेन्द्र यादव पक्षका सांसदलाई आफूतिर राखिराख्न पनि ८ मन्त्री र दुई राज्यमन्त्री पाउनुपर्ने माग उनीहरुको छ । यसमा प्रधानमन्त्री केपी अोली पनि सकारात्मक रहेको बताइएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया