NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

खोपका नाममा राष्ट्रपतिले भिक माग्दै राजनीति गरेको भन्दै कांग्रेस नेताको आपत्ति

काठमाडौं । कांग्रेस नेता डा. डिला संग्रौलाले कार्यकारीको शैलीमा राष्ट्रपति विद्या भण्डारीले बहाना बनाएर खोप माग्ने नाममा सक्रियता बढाएको भन्दै आपत्ति जनाएकी छिन् । सरकारले गर्नुपर्ने काम सवैधानिक राष्ट्रपतिले गरेको भन्दै उनले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएकी हुन् । नेपालको संविधान २०७२ अनुसार आलङकारी रुपमा रहने संस्थाले बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ विरुद्धको खोपको बहाना बनाएर बिश्वका रास्ट्रपतिहरुसंग अनुनयविनय गर्दै भिक र सहयोग माग्ने अधिकार रास्ट्रपतिलाई संविधानको कुन धारा अन्तरगत प्राप्त हुन्छ ? सोको जानकारी जनतालाई चाहियो,होइन भने यसका अनेकौं अर्थ लाग्न सक्दछन् । वर्तमान सम्माननीय रास्ट्रपतिका क्रियाकलापबाट आम नेपाली जनता सशंकित भएका छन्’ उनले भनेकी छिन्, ‘कार्यकारी अधिकार भएको मन्त्रीपरिषदले रास्ट्रपतिलाई पत्राचार गरि भिक र सहयोग माग्ने अधिकार दिएको हो ? यदि हो भने नेपाली जनताको शीर निहुर्याउने अधिकार सार्वभौम जनताले कसैलाई दिएका छैनन्। के अब मन्त्रीपरिषदका मातहतका निकायले गर्नु पर्ने कार्य पनि सोझै रास्ट्रपतिबाट गराइ रास्ट्रपतिलाई सकृय बनाउन खोजिएको त हैनरुजनतामा शंकाको बादल मडारिएको छ।’ कोरोना महामारीले दिनानुदिन घरपरिवार, छरछिमेक, गाउँबस्ति, शहरबजार, हिमाल, पहाड, तराई सबैतिरबाट केवल मृत्युका खवरमात्र सुन्नु पर्दा चारैतिरबाट बाच्नेलाई पनि मरे सरह नै हुन्छु कि भन्ने भइरहँदा सरकार संवेदनशील नभएको उनको भनाई छ । ‘ जनताको अभिभावकको रुपमा रहेको केपी ओलि सरकारले संसदको बिश्वास गुमाइ सकेको छ।सत्ता टिकाइ राख्न अनेकौ जालझेल र प्रपन्चका खेलमा रमाइ रहेको छ।आफुले प्रधानमन्त्रीको कुर्सी छोड्नु परो भने अरु सबैलाई सोत्तर बनाएर छाड्छु भन्ने प्रवृत्तिले ओलि सरकार गर्जी रहेको छ।महामारीको बाहानामा ब्रम्मलुट गर्न सहज भएको छ।संविधान र कानुनलाई धज्जी उडाउदै तानाशाही प्रबृत्तिको दिशामा सरकार अग्रसर भै सकेको अबस्था छ’ उनले भनेकी छिन्, ‘आफू मर्ने भए घरका सबैलाई मार्छु भन्ने प्रबृत्तिले आफ्नै घरमा ओलिले आगो लगाइ रहेका छन् ।कोरोनाको महामारीको संकटले ओलिलाई सत्ता टिकाइ राख्न बल पुर्याइ रहेको छ। यस्तै महामारी भैरह्यो भने जनता सडकमा निस्कन सक्दैनन् भन्ने मनसायले कोरोना नियन्त्रणको उचित ब्यबस्थापनमा ध्यान दिएको देखिदैन।’ कोरोना महामारीप्रति सरकार संवेदनशील नभएको सरकारलाई विस्थापित गर्न सबै अग्रसर हुनुपर्ने उनको भनाई छ ।

ताजा अपडेट

नेपालवाच विशेष