NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एसईई परीक्षा नतिजा आन्तरिक मुल्यांकन विधिबाट गर्ने सरकारको निर्णय

काठमाडौ । सरकारले कोभिड १९ का कारण यस वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को वैठकले यस्तो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो । कोरोना महामारी बढिरहेको समयमा सरकारले यस्तो निर्णय गरेको हो । यसअघि राष्ट्रिय परिक्षा बोर्डले वैकल्पिक विधिबाट एसईईको परीक्षा गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई प्रस्ताव गरेको थियो । त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष