NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

आज चीनबाट खोप आउँदै, कसले लगाउन पाउँछन् ?

चीनबाट आज मंगलबार कोरोना विरुद्धको खोप आउँदैछ। चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ८ लाख चीनको राजधानी बेइजिङबाट र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। नेपाल वायुसेवा निगमको विमानले मंगलबार २ बजेसम्म ८ लाख खोप नेपाल ल्याउनेछ। यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत मंगलबार ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए । प्राथमिकता कसलाई ? स्वास्थ्य मन्त्रालयका अनसार चीनबाट अनुदानमा प्राप्त खोप अहिलेसम्म एक पटक पनि नलाएका नागरिकलाई पहिलो चरणमा लगाइने भएको छ । चीनले भेरोसेल खोप उपलब्ध गराउन लागेको हो। उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने स्वास्थ्य मन्त्रालयका खोप महाशाखा प्रमुख झलक गौतमले बताए। खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने छ । यद्यपि उमेर समूहमा पनि जान सकिने तर त्यसबारे निर्णय भइनसकेको उनले बताए। 

ताजा अपडेट

नेपालवाच विशेष