NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

उपत्यका एक महिनादेखि निषेधाज्ञामा, थपिन सक्छ निषेधाज्ञा

कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् । सो अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेविरुद्ध ‘होल्ड’ कारबाहीअन्तर्गत सवारी साधनको हकमा साँझ ६ बजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाइबुझाइ गरी फर्काइँदै आएको छ । तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारीपछि जरिवाना तथा कैद सजायको तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना सङ्क्रमण नघटेपछि चौथो पटक थप कडाइ गरिएको बताए। सोही रणनीतिअनुसार खाद्य, थोक तथा किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पूर्ण रूपमा बन्द गरिएको उनको दाबी छ। अवस्था हेरेर निषेधाज्ञा थपिन सक्ने उनले बताए। कोरोना महामारी नियन्त्रणको अन्तिम विकल्प निषेधाज्ञा नै भएकाले कडाइ गर्नु परेको भनाइ उनकाे छ । सङ्क्रमितको सङ्ख्या प्रतिदिन घट्नु नै निषेधाज्ञाको प्रभावकारिता भएको बुझाइ प्रमुख जिल्ला अधिकारी पराजुलीको छ। महानगरीय प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक ९एआईजी० हरिबहादुर पालले सरकारको निर्णयअनुसार निषेधाज्ञा कार्यान्वयनमा कुनै कमी हुन नदिएको बताए। गाेरखापत्रमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष