NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू : विश्वप्रकाश

काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले न्यायकर्मीको कालोकोटमा भन्दा प्रधानमन्त्रीको कालो सोचमा समस्या रहेको बताएका छन् । कालोकोटधारीले न्यायालयमा हस्तक्षेप गरेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै शर्माले यस्तो भएका हुन् । शर्माले ट्वीट गर्दै व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुने पनि बताएका छन् । ‘`कालो कोट´ मा होइन `कालो सोच´ मा समस्या छ @PM_Nepal ….! ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको `भावनात्मक उत्तेजना´ सदैब निन्दनीय हुन्छ !’ शर्माले ट्वीटमा भनेका छन् । `कालो कोट´ मा होइन `कालो सोच´ मा समस्या छ @PM_Nepal ….! ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको `भावनात्मक उत्तेजना´ सदैब निन्दनीय हुन्छ !— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 31, 2021

ताजा अपडेट

नेपालवाच विशेष