NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

सत्तासीन नेकपा एमालेकाे स्थायी कमिटी बैठक आज बिहान ११ बजे बालुवाटारमा बस्दैछ। यसअघि आइतबार र साेमबार बस्दै नबसी स्थगित भएकाे बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्न लागेकाे हाे। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले समसामयिक विषयमा छलफल हुने बताए। नेताहरुका अनुसार बजेटकाे समीक्षा र लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीकाे हारका विषयमा छलफल हुनेछ। यसैगरी बैठकले एमालेका १२ जना नेतामाथि यसअघि साेधिएकाे स्पष्टीकरणबारे पनि निर्णय गर्ने ठानिएकाे छ। घनश्याम भुसालसहित स्पष्टीकरण साेधिएकाे थियाे। तर उनीहरुले स्पष्टिकरण बुझाइसकेका छैनन्। नेकपाले यसअघि वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितलाई साधारण सदस्यबाट निस्काशनकाे निर्णय गरिसकेकाे छ।

ताजा अपडेट

नेपालवाच विशेष