NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कहाँ अड्कियो कोरोनाविरुद्ध पर्याप्त खोप ल्याउने प्रक्रिया ?

काठमाडाैं । कोभिड–१९ को संक्रमण अझै पनि कम भएको छैन । समुदायस्तरमै फैलिएको यो महामारीले दैनिकजसो हजारौंलाई संक्रमण गर्न थालेको छ । तर, यस्तो बेला संक्रमण रोकथामका लागि खोपको सहज उपलब्धता छैन । कोभिड रोकथामको अन्य विकल्प नहुँदा र त्यही खोप सहज उपलब्ध नहुँदा नेपालका लागि महामारी नियन्त्रण कठिन बन्दै गएको छ । कतिपयले त तेस्रो लहरसम्मको चेतावनी दिइरहेका छन् ।अहिलेसम्म सरकारले ल्याएको खोपले न्यूनबाहेक आम तहमा संक्रमण रोकथाममा खासै योगदान गर्न सकेको छैन । आएका खोपहरु पनि प्रायः अनुदानका छन् । हालसम्म नेपालले भारत सरकारबाट किनेको १० लाखबाहेक अन्य सबै खोप अनुदानका हुन् । अनुदानकै भर, कहाँबाट कति आए ? भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप उपलब्ध भएपछि नेपालले पहिलोपटक कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । यो खोप ८ माघमा नेपाल आइपुगेको थियो । सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिशिल्ड भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।यही खोप आएपछि १४ माघदेखि नेपालले कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गरेको थियो । कोभिड–१९ विरुद्धको संघर्षमा सहयोग गर्न भन्दै उत्तरी छिमेकी चीनले पनि नेपाललाई अनुदानमा खोप उपलब्ध गराउने घोषणा गत माघमा गरेको थियो । सोहीबमोजिम चीनको सरकारी कम्पनी सिनोफार्मले विकास गरेको आठ लाख डोज खोप १६ चैतमा नेपाल आइपुगेको थियो ।यसबाहेक विश्व स्वास्थ्य संगठनसहितले कोभ्याक्स सुविधा अन्तर्गत तीन लाख डोज खोप प्रदान गरेको थियो । भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता भए पनि हालसम्म आधामात्र खोप नेपालले पाएको छ ।गत १२ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सि चिनफिङसँग टेलिफोन संवाद गरी नेपाललाई खोपका लागि आग्रह नै गरिन् । सोही आग्रह स्वीकार गरेर चीनले १० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जाहेर ग¥यो । त्यसैमध्येको आठ लाख डोज खोप मंगलवार नेपाल आइपुग्दै छ । खरिद गर्नेबारे छैन चासो नेपालमा कोभिड संक्रमण तीव्र हुँदाका बावजुद पनि सरकारले खोप खरिद गर्नेबारे पर्याप्त चासो दिएको छैन । अहिले विश्वमा ठूलो औषधि उत्पादक धेरै कम्पनीले कोभिड खोप विकास गरेका छन् । अमेरिका, चीन, भारत, बेलायत, जर्मनी लगायतले कोभिडविरुद्धको खोप विकास गरिसकेका छन् । तर, विश्वबजारमा विकास भइरहेका खोप ल्याउनेबारे सरकारले पर्याप्त चासो दिएको देखिन्न । भारतीय कम्पनीसँग गरेको खरिद सम्झौता बमोजिम खोप नआएको सन्दर्भमा लामो समयसम्म सरकारले अन्य मुलुकसँग खोप खरिद गर्न सक्ने विकल्प पनि अघि सारेन । आफ्दै देशभित्र खोप नपुगेको भनेर भारतले खोप नदिएपछि बल्ल नेपाल अन्य मुलुकसँग खरिद गर्नेबारे अग्रसर भयो । करिब दुई साताअघिमात्रै अमेरिकाबाट ५० लाख डोज खोप खरिद गर्ने सम्बन्धमा प्रक्रिया अघि बढेको जानकारी सरकारले गरायो । अमेरिकामा विकास भएको जोन्सन एण्ड जोन्सन खोप खरिद गर्न पत्राचार भइसकेको र यसका लागि अमेरिकास्थित नेपाली राजदूतावासले समन्वय गरिरहेको सरकारले बतायो । अर्को ५० लाख डोजका लागि बेलायतसँग पनि समन्वय भइरहेको कार्यालयले जनाएको छ । यसबाहेक रुसी सरकारसँग पनि खोप खरिदका सम्बन्धमा छलफल भइरहेको सरकारको भनाइ छ । यसअघि नै सरकारले खरिदको सम्झौता गरेर पैसासमेत तिरिसकेको भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट अझै खोप आउन सकेको छैन । सम्झौताबमोजिमको १० लाख खोप नपाएपछि यसका लागि सरकारले पत्राचार नै गरेको छ । गत १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले कुटनीतिक पत्र लेखेर भारतीय समकक्षी रामनाथ कोविन्दलाई सम्झौता भएर पनि आउन नसकेको उक्त १० लाख खोप पठाउन पहल गरिदिन आग्रह गरिन् । भारतबाट समयमा खोप नआउँदा पहिलो डोज लगाएका १० लाख बढीले दोस्रो डोज पाउने नपाउनेमा अन्योल देखिएको छ । कोरोना रोकथामका लागि खोप नै अन्तिम विकल्प भएपछि सरकार निकै ढिलो गरीमात्र खरिदका लागि तात्यो । कोरोना संक्रमण भयावह हुन थालेपछि र दैनिक हजारौंको संख्यामा संक्रमित देखिन थालेपछिमात्र सरकारले खोप उपलब्ध गराउन खोप उत्पादक विभिन्न देशहरुलाई पत्राचार ग¥यो । अहिले स्वास्थ्य मन्त्रालय खोप खरिदका लागि यसअघि विभिन्न मुलुकलाई पठाएको ‘कुटनीतिक नोट’ को जवाफ कुरिरहेको छ । खोप खरिदका लागि हालसम्मका प्रयास र उपलब्धी यति नै हुन् । ‘खोप आपूर्तिका लागि विभिन्न मुलुकहरुलाई पत्राचार गरिसकिएको छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह भन्छन्, ‘किन्न पाए खरिद गरेरै ल्याउने, अनुदान पाए स्वीकार्ने भन्ने नीति छ ।’ विश्वव्यापी रुपमै अभाव भएकाले खोप पाउनु सहज नभएको उनको भनाइ छ । यद्यपि, विभिन्न देशमा रहेका नेपालका दूतावासमार्फत् पनि खरिद भइरहेको उनी बताउँछन् । खरिदको जोखिम लिनै तयार छैनन् कर्मचारी महामारी रोकथामका लागि अहिले खोप अत्यावश्यक छ । तर, यस्तो बेला खोप आउन सकेको छैन । अधिकांश अनुदान र केही खरिद गरेर सरकारले जसोतसो अक्सिजनको अभाव टा¥यो । तर, सीमित उत्पादक कम्पनी र अत्यधिक मागका कारण खोप आपूर्ति सहज छैन ।तर, स्वास्थ्य मन्त्रालयकै अधिकारीहरु कर्मचारी नेतृत्वले समयमा र बलियोगरी निर्णय नगरिदिँदा पनि खोप खरिद अल्झिएको बताउँछन् । खरिदका निर्णय सम्बन्धित कार्यालयको कार्यालय प्रमुखले नै गर्ने हो । अहिले कोभिड खोपका सम्बन्धमा स्वास्थ्य सेवा विभाग र बढीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गर्ने विषय हो । सार्वजनिक खरिद कानुनले पनि सार्वजनिक खरिदको अधिकार कार्यालय प्रमुखलाई नै दिएको छ । यस हिसाबमा खोप खरिदको निर्णय विभाग र मन्त्रालयले गर्नुपर्ने हो । तर, खोप खरिद गर्ने विषयमा विभाग र मन्त्रालयका अधिकारीहरु तयार छैनन् । ‘ठूलो परिमाणमा खोप खरिद गर्नुपर्ने र यसको निर्णय गर्दा भोलि विवादमा परिने डरले विभाग र मन्त्रालय नेतृत्व निर्णय गर्न तयार छैन,’ मन्त्रालय स्रोत भन्छ । यसअघि गत माघमै सम्झौता भएको भारतीय कम्पनीसँगको खोप खरिद विवादमा परिसकेको छ । स्थानीय एजेन्टको कमिसनका लागि महंगोमा खोप ल्याउनेगरी सम्झौता गरिएको विषय विवादित भइरहेको छ । कोभिडको पहिलो लहरको क्रममा गत वर्ष पनि सरकारले ल्याएको स्वास्थ्य सामग्रीको विवाद अझै सुल्झेको छैन । स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार भएको आरोपमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अघि बढायो । यसमा संलग्न भएको आरोपमा स्वास्थ्य मन्त्रालयदेखि विभागम्मका अधिकारीहरुले आयोगमा वयान दिनुपर्यो । यिनै विवादको सन्दर्भमा खोप खरिदको निर्णय गर्दा भोलि मुद्दामामिलादेखि विवादमा परिने डरले अहिले विभागदेखि मन्त्रालयसम्मका अधिकारीहरु निर्णय गर्न हिच्किचाएका छन् । खोप उत्पादन नै कम हुनु अहिलेको समस्या होडा. जागेश्वर गौतममुख्य कुरा अहिले संसारभर नै खोपको अभाव छ । संसारभर ६ अर्ब मानिसलाई खोप लगाउनुपर्नेछ । अहिलेसम्म डेढ अर्बलेमात्र पाएका छन् । खोपको अभाव हामीलाईमात्र होइन सबैतिर छ । भारत आफैं उत्पादन गर्ने देशमा त खोपको अभाव छ । उसले रुसबाट खोप ल्याइरहेको छ । आफ्नै देशमा अभाव भएपछि अहिले उसले बाहिर निर्यात रोकेको छ । यसर्थ खोप उत्पादन नै कम हुनु अहिलेको समस्या हो । नेपालले प्रयास नगरेको र ल्याउन नसकेको भन्ने होइन । निर्णय नगरेको वा विवाद आउँछ भनेर डराएको भन्ने होइन । निजी क्षेत्रले चाहेर पनि ल्याउन सकिरहेको छैनविशाल पण्डित, वायोटेकको नेपालका लागि स्थानीय एजेन्ट कोरोना विरुद्धको खोप ल्याउन निजी क्षेत्रबाट हामीले प्रयास गरिरहेका हौं । तर, सकिरहेका छैनौं । भारतीय सरकारले खोप निर्यातका लागि प्रतिबन्ध नै लगाएकाले हामीले पाउन सकेका छैनौं । खोप विकास हुनेवित्तिकै प्रयास गर्ने र खोपमै लगानी गर्ने मुलुकले अहिले खोप पाएका छन् । हामीले ढिला गरी प्रयास ग¥र्यौं, न खोपमा लगानी नै गरियो । अहिलेको अवस्थामा सजिलै खोप पाउन सम्भव छैन ।यद्यपि, हामीले प्रयास गरिरहेका छौं ।

ताजा अपडेट

नेपालवाच विशेष