NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

उज्ज्वल थापाकाे सम्झनामा वृक्षरोपण गर्ने विवेकशील साझाको निर्णय

विवेकशील साझा पार्टीले पाटीले पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको सम्झनामा वृक्षरोपण गर्ने भएकाे छ। थापाकाे मंगलबार निधन भएकाे थियाे। पार्टी केन्द्रीय समितिको बैठकले निधनप्रति गहिरो दुख ब्यक्त गर्दै १३ औँ दिनको पुण्य तिथिमा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गर्ने निर्णय गरेकाे हाे। पार्टीमा ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने पनि विज्ञप्तिमा उल्लेख छ। नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको सो पार्टीले जनाएको छ। थापाले अंगालेको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्ने जनाइएको छ। ४४ वर्षीय थापाको कोरोना संक्रमणबाट आज निधन भएको छ।