NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चौधरी ग्रामको बियर प्लान्ट र गोदाममा आगलागी

काठमाडौं । चौधरी ग्रामको बियर प्लान्टमा आगलागी भएको छ । पूर्वी नवलपरासीको देवचुली–२ मा रहेको चौधरी उद्योग ग्राममा आगलागी भएको हो । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । ् बुधबार बिहान आठ बजेर २० मिनेटमा आगो लाग्न सुरु भएको हो । अहिले आगो नियन्त्रणबाहिर गएको उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिए । दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।