NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अनुदानमा प्राप्त चिनियाँ खोप भोलि सातै प्रदेशमा पठाइँदै

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप भेरोसेल भोलि सातै प्रदेशमा पठाइने भएको छ । मंगलबार चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याइएको खोप सात वटै प्रदेशका ६० देखि ६४ वर्ष उमेर समूहकालाई खलडाउनका लागि वितरण गरिनेछ । स्वास्थ्य सेवा विभागका अनुसार भोलि नै सबै प्रदेशमा पठाउने तयारी गरिएको छ । सातै प्रदेशमा गरी यो उमेर समूहका करिब ८ लाख ५५ हजार जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अहिलेको लटमा आएको खोपले सबैलाई पु¥याउन सम्भव नभएकाले प्रदेशस्थित स्वास्थ्य निर्देशनालयलाई दोस्रो डोजको सुनिश्चितता गरेर पुगेजतिलाई खोप लगाउन सक्नेगरी खोप पठाउन लागिएको हो । यसअघि चिनियाँ अनुदानको खोप चीनसँग सिमाना जोडिएका र बढी कारोबार हुने जिल्लावासीलाई प्राथमिकता दिएर लगाइएको थियो । यसपटक भने सबै प्रदेशमा वितरण गर्न लागिएको हो ।