NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आज पनि बस्दै एमाले स्थायी कमिटी बैठक

काठमाडौं । बुधबार नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । मंगलबार बसेको बैठकले एकताका लागि नेतृत्व हदैसम्म लचिलो हुने निर्णय गरेको थियो । आजको बैठक पनि अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । आजको बैठकमा के कस्ता विषयमा छलफल गर्ने भन्ने खुलाइएको छैन । फुटको संघारमा पुगिसकेको नेकपा एमालेलाई बचाउन पुनः दुवै पक्षका नेताहरु सक्रिय देखिएका छन् । सोमबार राति याक एण्ड यति होटलमा भएको दोस्रो तहका नेताहरुको छलफलपछि हिजोको बैठकले गर्ने भनिएको कारबाही रोकिएको छ ।