NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चीनमा पहिलोपटक मानिसमा देखियो बर्डफ्लु

काठमाडौं । चीनमा पहिलो पटक मानिसमा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ । बर्डफ्लुको दुर्लभ भेरियन्ट एच १० एन ३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको हो । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । समाचारमा उल्लेख गरिए अनुसार चीनको जियान्सु प्रान्तमा बस्ने ४१ वर्षीय पुरुषमा गतसाता कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनी अहिले संक्रमणबाट मुक्त भइसकेका छन् । बर्डफ्लुको धेरै भेरियन्टहरु देखिएका छन् । तर, कुखुरा फर्ममा काम गर्ने मानिसमा भने यो संक्रमण भने देखिएको थिएन । अहिले संक्रमण देखिएका मानिसको सम्पर्कमा आएका अन्य मानिसमा गरिएको परीक्षणमा भाइरसको संक्रमण देखिएको थिएन । चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको जानकारी अनुसार जेनजियाङ सहरमा बस्ने बर्डफ्लुका संक्रमित गत अप्रिल २८ मा अस्पतालमा भर्ना भएका थिए । त्यसको एक महिनापछि उनलाई एच १० एन ३ को संक्रमण भएको पुष्टि भएको थियो । एजेन्सी