NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कोशी अस्पतालका एक स्वास्थ्यकर्मीलाई प्रहरीले कुट्यो

विराटनगर । विराटनगरमा अस्पतालमाबाट घर फर्कने क्रममा एक जना स्वास्थ्यकर्मीलाई प्रहरीको निर्घात कुटपिट गरेका छन् । अस्पतालबाट काम सकेर घर जाँदै गरेका विराटनगरमा रहेको कोशी अस्पतालमा कार्यरत सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले मंगलबार राति ९ बजे देवकोटा चौकमा निर्घात कुटपिट गरेको बताइएको छ । आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदा पनि रातको समयमा हिँड्ने भन्दै प्रहरीले कुटपिट गरेको उनले बताए । कुटपिटबाट राजवंशीको खुट्टा र घुँडामा चोट लागेको छ। ड्युटी सकेर घर फर्किएका स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्ने मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए । सुरक्षाकर्मीबाटै कुटपिट हुनु आपत्तिजनक रहेको भन्दै स्वास्थ्यकर्मीहरुले दोषीमाथि कारबाहीको माग गरेका छन्।