NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

उपत्यकामा १० दिन थपियो निषेधाज्ञा, किराना र खाद्यान्नका डिपार्टमेन्टल स्टोर खुल्ने

काठमाडौं । एक महिनादेखि जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा थप १० दिन लम्बिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थप्ने निर्णय गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरे पनि केही खुकुलो भने पारिएको छ । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ। तर, किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने निर्णय भएकोे छ । फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन् । यस्तै, विकास निर्माणको काम खुला गरिएको छ । तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। दिउँसो लेबर राखेर काम गर्न दिइने छ । कोरोना संक्रमणको दर घटेसँगै केही खुकुलो पारिएको हो । यातायातमा भने पुरानै नियम यथावत राखिएको छ । निजी संघ–संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय–पत्र आवश्यक पर्नेछ । व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास अनिवार्य गरिएको छ । शुक्रबारदेखि मात्रै नयाँ जारी गरिएको निषेधाज्ञा लागू हुनेछ । बिहीबारसम्म पुरानै आदेशअनुसार चल्नुपर्नेछ ।