NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

वीरगन्जमा पनि थपियो १० दिन निषेधाज्ञा

काठमाडौं । वीरगन्जमा पनि १० दिन निषेधाज्ञा थपिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सा जिल्लामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा फेरि १० दिनका लागि थप गरिएको छ । बुधबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जेठ २० गते बिहीबारसम्मका लागि जारी गरेको निषेधाज्ञा जेठ ३० गतेसम्मका लागि थप्ने निर्णय गरेको हो । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा दैनिक हुदै आएको कोरोनाको परीक्षणमा संक्रमितको संख्या कम हुदै गएको छ । वैशाख दोश्रो साता तिर संक्रमण दर बढ्दै गएर ७५ प्रतिशतसम्म पुगेको थियो । वैशाख १६ देखि निषेधाज्ञा लगाइएपछि जेठ पहिलो सातादेखि यता भने निरन्तर कम हुदै गएको संक्रमण दर अहिले १५ प्रतिशतमा झरेको छ ।