NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एमाले स्थायी कमिटी बैठक स्थगित,भोलि अपरान्ह चार बजे बस्ने

काठमाडौं । नेकपा एमालेले आज बोलाएको स्थायी कमिटीको बैठक स्थगित गरेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अपरान्ह चार बजेका लागि स्थायी कमिटी बैठक बोलाएका थिए । आजको बैठक स्थगित भए पनि भोलि अपरान्ह चार बजेका लागि पुनः बोलाइएको नेकपा एमालेले बताएको छ । लगभग आ–आफ्नो बाटो लाग्ने तय गरिसकेका एमालेका शीर्ष नेताहरु पुन समाधानको बाटो तर्फ अघि बढेका छन् । दोस्रो तहका नेताको सक्रियतापछि फेरि ओली–नेपाल पक्षले विवाद समाधानका लागि संवाद अघि बढाएका छन् । सोमबार राति याक एण्ड यति होटलमा बसेको दोस्रो तहका नेताको छलफलपछि मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले एकताका लागि हदैसम्म लचक हुने निर्णय गरेको थियो । सोमबारको छलफलका कारण शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल समूहका १२ सांसदमाथि गरिने भनिएको कारबाही रोकिएको छ ।