NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सेती अस्पतालको प्रयोगशालामा थप ५४ जनामा कोरोना पुष्टि

धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २३३ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि हुनेमा धनगढीका मात्रै १९ जना रहेका छन् त्यस्तै कैलालीका अन्य ठाउँका ३१ जनामा पनि संक्रमण पुष्टि भएको छ । जिल्ला बाहिरका ४ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए । हाल अस्पतालमा ४५ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ५ जना कोरोना जितेर घर फर्किएका छन्, भने सोही अवधिमा थप ७ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।