NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

तत्काल गिट्टी–बालुवा निकासी नीति खारेज गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गिट्टी–बालुवा निकासीको नीति खारेज गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा गिट्टी–बालुवा उत्खनन् गरी निकासी गर्ने नीति समावेश भएकोप्रति विरोध जनाएका छन् । ट्वीटमार्फत कामचलाउ भइसकेको सरकारले बजेटमार्फत गिट्टी, बालुवा र ढुंगा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा सत्ता बचाउन खोजेको प्रचण्डको आरोप छ । सरकारको यस नीतिले तराईलाई छिट्टै मरुभूमिकरण हुने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘संवैधानिक सरकारले बजेटमार्फत नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् ।’ असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस्।— ☭ Comrade Prachanda (@cmprachanda) June 2, 2021