NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

नवौं महाधिवेशनकै स्थितिमा पार्टी फर्किए पार्टी एकताको सम्भावना जिवितै रहन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले यदि पार्टीलाई नवौं महाधिवेशनकै अवस्थामा फर्काइए पार्टी एकताको संभावना जिवितै रहेको बताएका छन् । आफू निकट जनसंगठनहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफूले राखेका ६ बुँदे प्रस्तावमा सहमति भए पार्टी एकता हुने बताएका हुन् । उनले आफू पनि पार्टी फुटाउने मनसायमा नरहेको बताउँदै केपी शर्मा ओली पनि आफूले राखेका मागबारे लचिलो हुनुपर्ने धारणा राखे । उनले आफूहरु २०७५ जेठ २ लाई नै बटमलाइन बनाएर नै पार्टी एकताको पक्षमा रहेको बताए । यसअघि पनि आफू लचक भएको तर आफूले राखेको बटमलाइनमा ओली सकारात्मक नभएको बताए । उनले ओलीले आफूलाई आपत परेका बेला मात्रै सहमतिका लाथि अग्रसरता देखाउने नत्र मनपरीढंग अपनाउने गरेको आरोप लगाए । छलफलमा सहभागीहरुले अलमल गरेर अघि बढ्नु उचित नहुने भन्दै समयमा निर्णय लिन नेता नेपाललाई आग्रह गरेका छन् । सहभागीले ओली आफ्नो बाटोमा नसच्चिने प्रमाणित भइसकेको भन्दै नेपाललाई नयाँ पार्टी निर्माणको बाटोमा अघि बढ्न सुझाव दिएका छन् । नेता नेपालले कार्यकर्ताहरुलाई अझै केही समय ओलीको कदम हेर्ने र यदि उनी लचिलो भएर आफूहरुले राखेका मागमा सहमत भए पार्टी एकताकै अभियानमा अघि बढ्ने बताएका छन् ।