NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

इर्भटन छाडेर कार्लो एन्सेलोट्टी पुनः रियल फर्किदैं

काठमाडौं । कार्लो एन्सेलोट्टीले फुटबल क्लब इर्भटनमा म्यानेजर पद छाडेर रियल मर्डिडमा आवद्ध हुने भएका छन् । उनी रियल मर्डिडमा मुख्य प्रशिक्षकको रुपमा आवद्ध हुन लागेका हुन् । मंगलबार इर्भटनको बैठकमा उनले क्लब छाड्न लागेको बताएका हुन् । उनले आफू पुनः रियल मर्डिडमा आवद्ध हुन लागेको मंगलबारको बैठकमा जानकारी गराएका हुन् । यता मर्डिडले पनि उनी क्लबमा आउन लागेको मंगलबार नै पुष्टि गरेको छ । इर्भटनले सार्वजनिक रुपमा एन्सेलोट्टीले क्लब छाडेर रियल मर्डिडमा आवद्ध हुन लागेको घोषणा गरिसकेको छ । एक वक्तव्य जारी गर्दै इर्भटनले भनेको छ , ‘कार्लो एन्सेलोट्टीले म्यानेजरको पद छाडेर रियल मर्डिडमा मुख्य प्रशिक्षकको भूमिकामा आवद्ध हुन लागेको कुरा पुष्टि गरेका छौं । हामी चाडै नै उनको पदमा नयाँ व्यक्ति नियुक्त गर्ने छौं ।’ एन्सेलोट्टीले पछिल्लो १८ महिनादेखि इर्भटनमा म्यानेजरको रुपमा आवद्ध रहेका थिए । साढे चार वर्षको कन्ट्रयाक्टमा डिसेम्बर २०१९ मा इभर्टनमा आवद्ध भएका उनले भने, ‘मैले क्लब छाड्ने निर्णय गरेको छु किनकी मेरो रियल मर्डिडका लागि पुरा गर्नुपर्ने सामुन्ने नयाँ चुनौतीहरु आएका छन् ।’ रियल मर्डिडले पनि उनलाई २०२३/२०२४ को रिजनको लागि पुनः नियुक्त गर्न लागेको बताएको छ ।