NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कोरोनाबाट २४ घण्टामा प्रदेश १ मा २२ जनाको मृत्यु

मोरङ । प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पताल र आइसोलेसनमा पछिल्लो २४ घण्टाको अवधिमा २२ जना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मृत्यु हुनेमा ९ महिला र १३ पुरुष रहेका छन् । मोरङमा ८ जनाको मृत्यु भएको छ भने झापाका ५, सुनसरीका ३, धनकुटाका दुई र उदयपुरका एक जना तथा प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख रहेको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा ११ जना, कोशी कोभिड उपचार केन्द्र र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन/तीन, मेची कोभिड अस्पताल भद्रपुर र अन्य आइसोलेसनमा दुई/दुई जना त्यस्तै होम आइसोलेनमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।