NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

देउवाको आपत्तिप्रति के भने शंकर पोखरेलले ?

काठमाडौं । भारतमा ढुंगा, गिटी र बालुवाट निकासी गरी व्यापार घाटा कम गर्नेगरी नीतिगत विषयलाई अघि बढाउने सरकारको निर्णयपछि विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । तर उनको आपत्तिलाई लृम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले नेता शंकर पोखरेलले देउवाले विषय नै नबुझि विज्ञप्ति निकालेको बताएका हुन् । ‘खानीजन्य पदार्थको निकासीका बारेमा बजेटको उद्देश्य एकातिर, मुलुकका पूर्व प्रधानमन्त्रीको विरोध वक्तव्य अर्कातिर। कठै हाम्रो नियति ! पोखरेलले सामाजिक संजालमार्फत् भनेका छन् । सरकारले विभिन्न जिल्लाबाट भारत र बंगलादेश ढुंगा, गिटी र बालुवा निकासी गर्न खोजेको निर्णयलाई घर जलाएर खरानीको व्यापार गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए ।