NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

माधव नेपालले किन बोलाए केन्द्रीय कमिटीको बैठक ?

काठमाडौं । एमालेको विवाद मत्थर नभइरहेका बेला नेता माधव कुमार नेपालले केन्द्रीय कमिटीको बैठक बोलाइएका छन् । नेता नेपालले बिहीबार ११ बजे बस्नेगरी केन्द्रीय कमिटीको बैठक बस्नेछ । बैठक भर्चुअल (जुम) मार्फत् हुने तयारी छ । पछिल्लो समय नेता नेपाल र झलनाथ खनाललाई नयाँ पार्टी खोल्न पनि दबाब परेको छ । साथै उनीपक्षीय नेताहरुले एमालेको एकतलाई पनि खुल्ला राखेर संवाद गर्नुपर्नेमा जोड दिएका छन् । यस्तोमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न नेपाल पक्षले आफ्नो समूहका केन्द्रीय सदस्यको बैठक बोलाएको हो । यता एमाले संस्थापन पक्षले नेपालसहितका नेतालाई साधारण सदस्यबाट निकाले पनि अझै पार्टी एकता सम्भव रहेको बताएको छ ।एमालेको पुनः एकताको लागि दोस्रो तहका नेताहरु पनि सक्रिय भएका छन् । तर, आफ्नो अनुमतिविना सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले पहल गरेको भन्दै नेता नेपालले जनवर्गीय संगठनहरुको बैठकमा आपत्ति जनाएको बुझिएको छ । अदालतबाट संसद पुनस्थापना हुने बुझेपछि अध्यक्ष ओलीले आफूहरुलाई वार्ता र संवादको नाममा फेरि अल्मल्याउन खोजेको उनको भनाई थियो ।