NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भारतमा मोर्डना र फाइजरको भ्याक्सिन उपलब्ध गराउन कम्पनीको शर्त मान्ने निर्णय

नेपालवाच । मोर्डना तथा फाइजर कम्पनीको कोरोना खोप भारतमा उपलब्ध गराउन भारतको केन्द्र सरकारले कम्पनीको शर्त मान्न तयार भएको छ । ‘ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया’का अनुसार यी कम्पनीका भ्याक्सिन विभिन्न देश तथा विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगका लागि अनुमति लिएकाले भारतमा यसलाई प्रयोगको अनुमति दिइने छ । सँगै यी औषधीको ब्रिजिंग ट्रायल पनि आवश्यक नहुने डिसिजिआइले जनाएको छ । मोर्डना र फाइजर ती कम्पनीमध्ये हुन जसलाई भारत सरकारले आपतकालिन प्रयोगको अनुमति दिएपछि लोकल ट्रायलको बाध्यता तत्काललाई नराख्न अनुरोध गरेको थियो । भारत सरकारले हाल भ्याक्सिनको प्रयोग पछि देखिन सक्ने साइडइफेक्टलाई लिउर जरिवाना वा जिम्मेवारी बारे कुनै निर्णय गरेको छैन् । यता डिसिजिआइका प्रमुख वीजी सोमानीका अनुसार विश्व स्वास्थ्इ संगठन र अन्य देशहरुले अनुमति दिएकाले यी भ्याक्सिनको भारतमा पनि परिक्षण हुन आवश्यक छैन् । उनले भारतमा भ्याक्सिनको गुणस्तर र यसको साइड इफेक्टलाई लिएर परिक्षण गर्न नपर्ने बताएका छन् । सँगै उनले आपतकालित समय भएकाले ठूलो मात्रामा भ्याक्सिनको आवश्यकता हुँदा विदेशी भ्याक्सिनको निर्यातमा यस्ता रोकहरु लगाउन नहुने पनि बताएका छन् । उनले भनेका थिए, ‘अहिले भ्याक्सिनको आवश्यकता छ । यहि आवश्यकतालाई ध्यान दिदैं यस्तो फैसला गरिएको हो ।’ हाल भारतमा कोरोना महामारीविरुद्ध तीन खोपहरु प्रयोग भइरहेका छन् । सीरम इन्सच्युटको कोविसिल्ट, भारत बायोटेकको कोभ्याक्सिन र रुसमा निर्माण भएको स्पुतनिक–वीको प्रयोग भारतमा भइरहेको छ ।