NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

वनमन्त्रीले राराका होटलको म्याद नियमविपरीत पाँच वर्ष थपे

वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले आफूखसी राराताल किनारमा संचालित होटलको म्याद पाँच वर्ष थपिदिएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार पारेको ‘रारा रामसार लेकसाईड व्यवस्थापन योजना’ ले रारास्थित होटल हटाउने योजना बनाएपनि त्यस विपरित उनले डाँफे होटलको म्याद आफूखुसी ५ वर्ष थपिदिएका हुन् । सो होटल मुगुका एमाले नेता गोपाल बमको हो । जेठ ७ गतेको वनमन्त्री स्तरिय निर्णयमार्फत उनले थपेका हुन् । गत वैशाख ८ गते संसदको अन्तराष्ट्रिय समितीले पनि रारालाई सफा राख्नका लागि यहाँ भएका संरचना बाहिर लान उपयुक्त हुने भन्दै निर्देशन दिएको थियो । सरकारकै योजना अनुसार हटाउनुपर्ने होटलको म्याद थपिदिएपछि वन मन्त्रालयकै कर्मचारीदेखि विज्ञ र स्थानीयबासीले यसको चर्को आलोचना गर्ने गरेका छन् । रारा रामसार साईडमा सुचिकृत भएको पनि छ । २०६७ सम्म पहुँचकै आधारमा चितवनमा राष्ट्रिय निकुञ्जमा पनि होटल संचालन भईरहेको थियो। तर त्यसपछि भने निकुञ्जको संरक्षणमा असर पुगेको भन्दै ७ ओटा होटल बन्द गराइएका थिए । राष्ट्रिय निकुञ्ज ऐनले कार्यविधि बनाएर निकुञ्जभित्र होटल तथा लज संचालन गर्न दिने व्यवस्था गरेको छ । तर कार्यविधि बनाइएको छैन । यही कारण चितवनका होटल राष्ट्रिय निकुञ्जबाट हटाईएको हो । संरक्षणविद् आनन्द भण्डारीले पनि प्राकृतिक सौन्दर्यता बढाएर पर्यटीय विकासका लागि रारासँग जोडिएका होटल लगायत अन्य संरचना तत्काल हटाउनुपर्ने बताएका छन्। काेराेबार दैनिकमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष