NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नासाले शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने

अमेरिकी अन्तरिक्ष निकाय नासाले शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने भएकाे छ। अमेरिकाले शुक्रबारे जान्न यो दशकको अन्त्यसम्ममा अन्तरिक्ष मिसन पठाउन लागेकाे बिबिसीले उल्लेख गरेकाे छ। बिबिसीका अनुसार पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ। शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ। ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन्। सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन हुनेछन्। नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ। उसले शुक्रग्रहमा कुनै समय महासागर थियो कि थिएन भनेर पनि बुझ्न खोज्नेछ। दोस्रो मिसन भेरिटासले शुक्रग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहास जान्नेछ अनि किन पृथ्वीभन्दा एकदमै भिन्न तरिकाले शुक्रग्रहको विकासक्रम अघि बढ्यो भनेर पनि उसले जान्न खोज्नेछ। बिबिसीबाट

ताजा अपडेट

नेपालवाच विशेष