NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

दुवै पक्षको बैठकले एमालेलाई फुटाउला कि जोड्ला ?

काठमाडौं । आन्तरिक विवाद उत्कर्षमा पुग्दै फुटको संघारमा पुगेको एमालेमा आज दुवै पक्षका महत्वपूर्ण बैठक बस्दैछन् । अध्यक्ष केपी ओलीले पटकपटक स्थागित गर्दै आएको स्थायी कमिटीको बैठक अपरान्ह ४ बजे बालुवाटारमा बस्दैछ । जहाँ १९ स्थायी कमिटी सदस्यलाई बोलाइएको छ । ओलीले यस अघि तीन चारपटकसम्म बैठक स्थगित गरेका थिए । तर, माधव नेपाल–झलनाथ खनाल पक्षले आफू निकटका केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । बैठक ११ बजे बस्नेछ । यो बैठक भर्चुअल जुममार्फत् बस्ने जनाइएको छ । बैठक पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न केन्द्रित हुने जनाइएको छ । पछिल्लो समय नेपाल समूहले समानान्तर कमिटीका बैठक र छलफललाई तीव्र बनाउँदै लगेका छन् । बुधबार मात्रै पनि जनवर्गीय संगठनहरुको बैठक राख्दै नेपालले एमालेमा अब सँगै बस्न सक्ने गरी परिस्थिति नबनेको बताएका थिए । अध्यक्ष ओलीले आफू अप्ठ्यारोमा पर्न लाग्दा मात्रै वार्ताको नाटक गरेर अल्मल्याउँदै प्रयोग गर्न खोजेको धारणा राखेका थिए । अध्यक्षनिकट जनवर्गीय संगठनका नेताहरूले पनि अनुशासन नमान्नेलाई कारवाही गरेर जान दबाब दिएका छन् । यता ओलीले दोस्रो चरणमा स्प्ष्टीकरण सोधेका नेताहरुबारे कारवाहीको निर्णय अझै गरिसकेका छैनन् । पार्टी एकताको लागि थप ढोका खोल्ने की कारवाही गरेर प्रष्ट भएर अगाडि बढ्ने भन्ने निर्णय लिन ओलीलाई पनि दबाब परेको छ । पछिल्लो दुई तीन दिनयता ओली र नेपाल पक्षका नेताहरुले पार्टी एकतालाई बचाउने प्रयास स्वरुप छलफल गरिरहेका छन् ।बुधबार मात्रै महासचिव ईश्वर पोखरेल र योगेश भट्टराईबीच छलफल भएको थियो । छलफलपछि नेता योगेश भट्टराईले यस्तो छलफल स्वभाविक भएको बताएका छन् । ‘हामी पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा उभिंदै आएका छौं । यस्ता भेट भइरहन्छन् । यो अस्वभाविक होइन ।’ उनले भनेका छन् । यद्यपी अध्यक्ष ओलीले माधव नेपालपक्षसँग वार्ता गरेको जस्तो गर्ने तर दोस्रो तहका नेतालाई आफ्नोतिर तान्ने रणनीति लिएकाे अाशंका नेपाल पक्षकाे छ । साधारण सदस्यबाट समेत निकालिसकेपछि पुनः वार्ता र संवाद गर्छु भन्नु अल्मल्याउन मात्रै खोजेको भन्ने निष्कर्ष नेपालको छ ।तर, नेपाल पक्षीय दोस्रो तहका नेताहरु नै अध्यक्ष ओलीपक्षसँग पार्टी एकताको प्रयासमा छलफल गरिरहेको छ । प्रभावशाली नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईलाई आफ्नोतिर तान्न सके नेपाल, खनाल र भीम रावलमात्रै अर्को पक्षमा रहँदा निष्प्रभावी हुने ठम्याइ पनि ओलीको छ । पछिल्लो समय दोस्रो तहका नेताहरुले दुवै पक्षलाई मिलेर अगाडि बढ्दै एकता जोगाउन दबाब दिइरहेका छन् । अध्यक्ष ओलीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनबारे लचक बनाएको उनीहरुको दाबी छ । तर, नेपाल पक्षले विनाशर्त २ जेठमा फर्किए एकता अझै हुन सक्ने सन्देश दिइरहेको छ । यस अघिका समानान्तर कमिटी अभ्यास, कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर अभियानबाट फिर्ता भइ माफी माग्नुपर्ने शर्त ओलीले राखेका छन् । तर, नेपाल पक्षले यसलाई ठाडै अस्वीकार गर्दै पहिलेकै अवस्थामा पार्टीलाई फर्काउने

ताजा अपडेट

नेपालवाच विशेष