NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

प्रदेश १ काे बजेट अधिवेशन साेमबारबाट

प्रदेश १ सरकारले जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदकाे बिहीबारकाे बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे। प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ। १५ दिन अघि नै प्रिबजेट पेश गर्नुपर्ने प्रावधान भए पनि प्रदेश १ सरकारले उक्त व्यवस्था छल्न अध्यादेश ल्याएकाे थियाे। कोरोना महामारीलाई कारण देखाउँदै आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय यसअघि गरेको थियो।

ताजा अपडेट

नेपालवाच विशेष