NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

माधव नेपाल समूह छोडेको प्रचारप्रति गोकर्ण विष्टको आपत्ति

काठमाडौैं । एमाले नेता गोकर्ण विष्टले आफूहरु पार्टी एकताको पक्षमा रहे पनि एकतलाई कमजोर पार्ने प्रयास भएको बताएका छन् । एकता जोगाउन प्रयास भइरहेको भन्दै आफ्नोसमेत नाम जोडेर भ्रमपूर्ण समाचार आएको भन्दै उनले आपत्ति जनाएका छन् । संचारमाध्यममा माधव नेपाल समूहमा नै फाटो आएको भन्दै समाचार आएपछि विष्टले आपत्ति जनाएका हुन् । ‘नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।’ विष्टले भनेका छन्, ‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’

ताजा अपडेट

नेपालवाच विशेष