NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ग्यास बोटलिङ प्लान्ट निर्माणको तयारीमा निगम

नेपाल आयल निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने तयारी थालेको छ । अहिलेसम्म ग्यास बोटलिङ प्लान्टको काम नगरेको निगमले आफ्नै प्लान्ट बनाउन लागेको हो । झापाको चारआली र प्रदेश २ मा ग्यास बोटलिङ प्लान्ट निर्माण गरिने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। त्यस क्रममा परामर्शदाता नियुक्ति गरी प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको निगमले जनाएको छ । उपाध्यायले भने, “झापाको चारआली र प्रदेश २ को जनकपुर वा सर्लाहीमा एलपी ग्यासको बोटलिङ प्लान्टको निर्माण गर्दै छौँ । अहिले डीपीआरअन्तर्गतकै प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको छ । ”प्राविधिक प्रतिवेदन तयार भइसकेपछि डीपीआर निर्माणको प्रक्रिया अघि बढ्ने जनाइएको छ । आगामी आर्थिक वर्ष २०७८-७९ सम्म निर्माण प्रक्रिया थालिने निगमले जनाएको छ । बोटलिङ प्लान्ट आफ्नै जग्गामा बनाइनेछ । प्लान्टका लागि निगमले झापामा पाँच बिघा जग्गा छुट्याएको छ । जनकपुरमा निगमको १० बिघा र सर्लाहीमा २१ बिघा जमिन छ । दुवै स्थानमा पाँचरपाँच हजार मेट्रिक टन क्षमताको बोटलिङ प्लान्ट निर्माण हुनेछन्। गाेरखापत्रमा खबर छ।